Kathmandu Press

सरकारलाई संसदीय समितिको निर्देशन- बाढीपहिरोबाट विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापित गर्नू

काठमाडौं, असोज २ :  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिनाभित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन...
सरकारलाई संसदीय समितिको निर्देशन- बाढीपहिरोबाट विस्थापितलाई ६ महिनाभित्र पुनःस्थापित गर्नू
सिन्धुपाल्चोकमा गएको पहिरो। फाइल तस्वीर।

काठमाडौं, असोज २ :  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिनाभित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ। 

शुक्रबार बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरुको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको हो।

समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको उचित व्यवस्था मिलाउन समेत भनेको छ। समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिइन्।

यसअघि समितिले दिएको निर्देशन कडाइका साथ पालना गर्न पनि भनेको छ। यसअघि दुई वटा बैठकले विपद्सम्बन्धि विभिन्न निर्णय गर्दै समितिले सरकारलाई निर्देशन दिइसकेको छ। गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भएको बैठकले राज्यका सबै निकायको समन्वयमा नागरिकका लागि चाहिने आवश्यक वस्तु र सेवा सहज रुपमा उपलब्ध गराउन समेत निर्देशन गरेको छ।

विपदबाट प्रभावित क्षेत्रमा रोगव्याधि फैलिन नदिनका लागि सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्न तथा पीडितको आवश्यक औषधोपचारको व्यवस्था गर्न समेत समितिले सरकारलाई भनेको छ। पहिरो पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनीकरणका सवालमा गम्भीर हुन समेत समितिले सरकारलाई आग्रह गरेको छ।

समितिले मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध रोक्नका लागि आवश्यक कदम चाल्दै पीडितलाई न्याय प्रदान गर्नसमेत निर्देशन दिएको छ। रासस

प्रकाशित मिति: २०:०३ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्