Kathmandu Press

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरिदिएकी छिन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसहितका कैदीको...
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरिदिएकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसहितका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरिदिएकी हुन्।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
यस्तै, राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेकी छिन्। रासस
 

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्