नदीमा दाउरा झिक्न जाँदा बाबुछोरी बेपत्ता

नवलपरासी, असोज २ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्।
नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए। बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)







-(86)-1764936079.jpg)
