Kathmandu Press

मोरङमा शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

काठमाडौं, असोज २ : मोरङमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि...
मोरङमा शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

काठमाडौं, असोज २ : मोरङमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ६९ जना पुरुष र ४९ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन्।   
 

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्