सुर्खेतमा एकैदिन थपिए ११७ जना कोरोना संक्रमित

काठमाडौं, असोज २ : सुर्खेतमा एकैदिन थप ११७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतमा थप ११७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ७६ जना पुरुष र ४१ जना महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

