Kathmandu Press

एकैदिन थपिए २०२० जना कोरोना संक्रमित

नेपालमा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
एकैदिन थपिए २०२० जना कोरोना संक्रमित

काठमाडौं, असोज २ :  नेपालमा थप दुई हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन्।   
 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्