Kathmandu Press

कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

काठमाडौं, वैशाख १० : नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ। ताम्राकारको मंगलबार काठमाडौंको अल्का अस्पतालमा उपचारका ....

कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

काठमाडौं, वैशाख १० : नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ। ताम्राकारको मंगलबार काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

क्यान्सर रोगबाट पीडित ताम्राकारको स्वास्थ्य बिग्रिएपछि चैत अन्तिमतिर अल्का अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो। पूर्व मन्त्रीसमेत रहेका ताम्राकारले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनमा अहम भूमिका निर्वाह गरेका थिए।  

ताम्राकार २०४८ र ०५६ मा रुपन्देही २ बाट सांसदमा निर्वाचित भएका थिए। ताम्राकारको निधनका कारण कांग्रेसले तीन दिनका लागि राजनीतिक कार्यक्रम स्थगित समेत गरेको छ।
 

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, वैशाख १०, २०७६