Kathmandu Press

अब खाली सिलिण्डरको मूल्य २१ सय मात्र

काठमाडौं, असोज २ : नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ। बजारमा सिलिण्डरको धरौटी रकममा एक रुपता...
अब खाली सिलिण्डरको मूल्य २१ सय मात्र

काठमाडौं, असोज २ : नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ। 

बजारमा सिलिण्डरको धरौटी रकममा एक रुपता ल्याउन सिलण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको संघले जनाएको छ। 

बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको ग्यास सहितको सिलिन्डर किन्दा ३४ सय ७५ रुपैयाँ पर्नेछ।

यसअघि नयाँ सिलिण्डरसहितको ग्यास खरिद गर्दा उपभोक्ताले ४ हजार ५ सय रुपैयाँसम्म तिर्ने गरेका  थिए।

तत्कालका लागि बागमती प्रदेशका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्