Kathmandu Press

राहुल गान्धीले भने - भारत सरकारले संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गर्यो

नयाँ दिल्ली, असोज २ : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्। उनले भारतीय...
राहुल गान्धीले भने - भारत सरकारले संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गर्यो

नयाँ दिल्ली, असोज २ : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्। उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका हुन्।

कांग्रेस नेता गान्धीले कोभिडको उपचारमा खटिँदा संक्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरेका हुन्।

Hardik ivf

उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ? उनले प्रश्न गरेका छन्।

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो। केन्द्र सरकारको सो भनाईको बिहीबार पनि बांग्रेसले कडा विरोध गरेको थियो। आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेका हुन्।

बिहीबार मात्र पनि भारतीय कांग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए।

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्