Kathmandu Press

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, असोज २ : नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ। जुम्लामा डा. केसी अनसन बसेको पाँच दिन बितिसक्दा...
डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

काठमाडौं, असोज २ : नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ। 

जुम्लामा डा. केसी अनसन बसेको पाँच दिन बितिसक्दा पनि सरकरले कुनै चासो नदेखाएको उनको जायज माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराएको चिकित्सक संघले जनाएको छ। 

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा भदौ २९ गतेदेखि अनसनमा बसेका छन्। यो उनको १९ औं अनशन हो।

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्