Kathmandu Press

कांग्रेस सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण...
कांग्रेस सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।

शुक्रबार बिहान काेराेना परीक्षण रिपाेर्ट आएकाे हाे। देउवा र परिवारका सबै सदस्यको काेराेना रिपाेर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

केही दिनअघि दुई जना सहयोगीलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो। उनीहरुमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि सभापति देउवासहित परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेका थिए। उनी होम आइसोलेसनमा बसेपछि बिहीबारका लागि तय गरिएका बैठक स्थगित भएका थिए।

 

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्