Kathmandu Press

पेरिशडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज २ : आज पेरिशडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक एकाएक स्थगित भएको छ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे पेरिशडाँडामा...
पेरिशडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, असोज २ : आज पेरिशडाँडामा बोलाइएको नेकपा सचिवालय बैठक एकाएक स्थगित भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे पेरिशडाँडामा सचिवालय बैठक बोलाएका थिए। त्यसका लागि पेरिशडाँडास्थित कार्यालयको माथिल्लो तलामा व्यवस्था मिलाइएको थियो।

तर, एकाएक सदस्यहरुलाई मेसेज गरेर स्थगित गरिएको जानकारी दिइएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक स्थगित भएको जनाएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, 'हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सि असोज ४ गते बिहान ११ बजे परिसडाँडामा बस्ने तय भएको छ।'

एमाले र माओवादी एकीकरण भएपछि पहिलो पटक सचिवालय बैठक तत्कालीन माओवादीको कार्यालय रहेको पेरिशडाँडामा बोलाइएको थियो। यस अघि सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्दै आएको थियो।

 

 

प्रकाशित मिति: ०९:५१ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्