Kathmandu Press

दुई वटा नेपाली रेल आज जनकपुर आउँदै

काठमाडौं, असोज २ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै छ । भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय...
दुई वटा नेपाली रेल आज जनकपुर आउँदै

काठमाडौं, असोज २ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै छ । भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे । रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ।

Hardik ivf

कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ।  रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । 
 

प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्