Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगञ्ज, असोज १ : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी...
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगञ्ज, असोज १ : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो। 

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुष भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए। अस्पताल भर्ना भएका ती पुरुषमा गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेजले ती पुरुषलाई भेरी अस्पतालमा रिफर गरेको थियो।
 

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्