Kathmandu Press

क्वारेन्टाइनमा बसेका युवकले गरे झुण्डिएर आत्महत्या

क्वारेन्टाइनमा बसेका युवकले गरे झुण्डिएर आत्महत्या

काठमाडौं, असोज १ : रुपन्देहीस्थित देवदहमा रहेको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका छन्। 

१३ दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका देवदह नगरपालिका ४ का २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन्।

Hardik ivf

उनले बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

उनको पाँच दिन अघि कोरोना परीक्षणको लागि स्वाब दिइएपनि रिपोर्ट भने आइसकेको छैन।

आत्महत्याको गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्