Kathmandu Press

मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १ : मकवानपुरमा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा मकवानपुरका थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि...
मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १ : मकवानपुरमा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा मकवानपुरका थप ६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ४८ जना पुरुष र १५ जना महिला रहेका छन्।

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। संक्रमितमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १७:०७ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्