Kathmandu Press

चितवनमा एकैदिन थपिए १०१ जना कोरोना संक्रमित

काठमाडौं, असोज १ : चितवनमा एकैदिन थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा चितवनका थप १०१ जनामा कोरोनाको संक्रमण...
चितवनमा एकैदिन थपिए १०१ जना कोरोना संक्रमित

काठमाडौं, असोज १ : चितवनमा एकैदिन थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा चितवनका थप १०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ५२ जना पुरुष र ४९ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। संक्रमितमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्