राष्ट्रियसभा सदस्य बामदेव गौतमले लिए शपथ
काठमाडौं, असोज १ : राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहदरबारस्थित कृषि समितिको...
काठमाडौं, असोज १ : राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार सिंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन्।
उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।
सरकारको सिफारिस अनुसार गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार नै राष्ट्रियसभामा नियुक्ति गरेकी हुन्। गत फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लाने सहमति गरेको थियो।
गत भदौ १८ गते बसेको सचिवालय बैठकले त्यस सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

