काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित
काठमाडौं, असोज १ : काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोनाको...
काठमाडौं, असोज १ : काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। संक्रमितमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

