Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु 

काठमाडौं, असोज १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु 
सांकेतिक तस्वीर

काठमाडौं, असोज १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ।  

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।

यस्तै, बिहीबार नेपालमा थप  १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। संक्रमितमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्