Kathmandu Press

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असोज १ : नेपालमा थप  १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको...
थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, असोज १ : नेपालमा थप  १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ। संक्रमितमध्ये ४२ हजार ९४९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३८३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर १२४३ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्