Kathmandu Press

सञ्चारमन्त्री बास्कोटाको चेतावनी– राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्छ

काभ्रे, वैशाख १० :  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रद्दीको टोकरीमा फ्याकिसकेको राजतन्त्र फर्काउन केह....

सञ्चारमन्त्री बास्कोटाको चेतावनी– राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्छ

काभ्रे, वैशाख १० :  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रद्दीको टोकरीमा फ्याकिसकेको राजतन्त्र फर्काउन केही तत्व सक्रिय भएको आरोप लगाएका छन्।
  
जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै उनले राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे।  प्रवक्ता बास्कोटाले इतिहासले किनारा लगाइसकेको राजतन्त्र अब कसैले सपना देख्दैमा नफर्किने दाबी गरे। राजतन्त्र फर्काउन केही तत्वहरु सल्बलाइरहेको भन्दै उनले अब कानूनले ठीक लगाउने बताए।

उनले धर्मनिरपेक्षता खारेजीको नौटंकी गर्दै केहीले सरकारको प्रगति र सुशासनलाई अबरोध पुर्‍याउन खोजेको आरोप लगाए। धर्मको नौटंकी गरेर मुलुकको प्रगतिको बाटोलाई अवरुद्ध पार्ने प्रसाय भए सबैलाई कानूनले नै ठीक पार्ने उनको भनाइ छ।

उनले विपक्षीहरू सरकारको लोकप्रियताबाट अत्तालिएको बताए। 'कोही कोही अहिले सरकारको काम देखेर छट्पटिरहेका छन्,' उनले भने,'कसरी सरकारको काममा अवराेध सिर्जना गराैं भन्नेमा साेचिरहेका छन्। तर, उनीहरूको विरोधले समृद्धि र विकासको काम रोकिँदैन।'
 

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, वैशाख १०, २०७६