Kathmandu Press

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण

नयाँदिल्ली, असोज १ : भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस संक्रमण भएको छ। उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।उनले पछिल्लो...
भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण

नयाँदिल्ली, असोज १ : भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस संक्रमण भएको छ। 

उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।

Hardik ivf

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गरेका छन्।

‘मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,’ उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

‘भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु’ उनले लेखेका छन्।

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्