वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन्।
काठमाडौं, असोज १ : नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रिय सभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले बताए।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन जना सदस्य मनोनित हुने संवैधानिक व्यवस्था छ। एक जना सदस्यको कोटा ६ महिनादेखि काली रहेको थियो। त्यही कोटामा राष्ट्रपतिले गौतमलाई मनोनित गरेकी हुन्।
यसअघि बुधबारको मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिश गरेको थियो।
प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

