Kathmandu Press

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सबै सेवा सुरु

काठमाडौं, असोज १ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि सबै सेवा सुरु गर्ने भएको छ। बिहीबार एक सूचना प्रकाशित गर्दै प्रशासनले साउन २५...
आइतबारदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सबै सेवा सुरु

काठमाडौं, असोज १ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि सबै सेवा सुरु गर्ने भएको छ। बिहीबार एक सूचना प्रकाशित गर्दै प्रशासनले साउन २५ गतेबाट स्थगित भएका सम्पूर्ण सेवा सुरु गर्ने जनाएको हो। 

एक दिनमा २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी काम थालिने छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार नागरिकता प्रमाणपत्र, प्रतिलिपि, नावालिक परिचय पत्र, राहदानी, हातहतियार दर्तालगायतका सेवाका लागि पालिकाहरूपिच्छे दिन तोकिएको छ।

आइतबार, मंगलबार र बिहीबार काठमाडौं महानगरपालिकालाभित्रका नागरिकलाई मात्र सेवा दिइने छ भने,
सोमबार कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा तथा शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका लागि सेवा दिइने छ।

पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणका लागि पनि दिन तोकिएको छ। संघ संस्था सोमबार र बुधबार, नवीकरण हुनेछ भने आइतबार, मंगलबार र बिहीबार, पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन बिहीबार मात्र हुने छ प्रतिलिपि पत्राचार प्रत्येक दिन ४ बजेपछि हुनेछ।

यसबाहेक शान्ति सुरक्षाको निवेदन, मुद्दा सम्बन्धी काम, सरकारी कार्यालय, आयोजनासँग सम्बन्धित समन्वय र छलफल, विपद् व्यवस्थापन सम्बन्धी काम नियमित हुने प्रशासनले जनाएको छ।

सेवाग्राहीले कार्यालय छिर्दा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ। रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राहीलाई प्रशासनमा प्रवेश दिइने छैन। साथै, मास्क नलगाई कार्यालय छिरे संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्