चन्द्रागिरीका सबै वडामा कोरोना संक्रमण
काठमाडौं, असोज १ : काठमाडौं महानगरपालिकासँगै उपत्यकाका अन्य स्थानीय तहमा पनि संक्रमण बढ्दै गइरहेको छ। चन्द्रागिरी नगरपालिकाको पनि सबै वडामा कोरोना संक्रमण देखिएको...
काठमाडौं, असोज १ : काठमाडौं महानगरपालिकासँगै उपत्यकाका अन्य स्थानीय तहमा पनि संक्रमण बढ्दै गइरहेको छ। चन्द्रागिरी नगरपालिकाको पनि सबै वडामा कोरोना संक्रमण देखिएको छ।
नगरपालिका कार्यालयका अनुसार चन्द्रागिरीमा संक्रमितको संख्या दुई सय ७५ पुगेको छ। जसमध्ये एक सय ४० जना निको भएका छन भने दुई जनाको मृत्यु भएको छ। अहिले एक सय ३३ जना सक्रिय संक्रमितमध्ये ६१ जना अस्पतालको आईसोलेसनमा र ७२ जना होम आईसोलेसनमा रहेका छन्।
चन्द्रागिरी वडा नं. १ मा पाँच जनामा संक्रमण देखिएको छ भने तीन जना निको भएका छन। वडा नम्बर २ मा रहेका एक जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, वडा नं. ३ मा १२ जना, वडा नं. ४ मा १३ जना, वडा नम्बर ५ मा १० जना, वडा नं. ६ मा ६ जना, वडा नम्बर ७ मा १० जनालाई संक्रमण देखिएको छ।
सबैभन्दा बढी वडा नम्बर ८ मा ८४ जनमा संक्रमण देखिएको छ। उनीहरुमध्ये ३२ जना निको भएका छन्। सक्रिय संक्रमित ५२ जनामध्ये ४६ जना अस्पतालको आईसोलेसनमा र ६ जना होम आईसोलेसनमा रहेका छन्।
कोरोना संक्रमित देखिकामध्ये वडा नं. ९ मा १० जना, वडा नम्बर १० मा १२ जना, वडा नं. ११ मा ३२ जना, वडा नम्बर १२ मा २६ जना, वडा नम्बर १३ मा १९ जना, वडा नम्बर १४ मा ११ जना र वडा नम्बर १५ मा २४ जना रहेका छन्।
अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाहरु वडा नं. ५ र ९ का रहेको जनस्वास्थ्य प्रमुख डा.सुधा महर्जनले बताइन्।










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
