कर्णाली प्रदेशका चार जिल्ला कोरोनामुक्त
काठमाडौं, असोज १ : कर्णाली प्रदेशको चार जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोनामुक्त भएको हो।कर्णाली प्रदेश...
काठमाडौं, असोज १ : कर्णाली प्रदेशको चार जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोनामुक्त भएको हो।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कालिकोटका एक सय, हुम्ला नौ, मुगु १३ र डोल्पा ५ जना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै यी चार जिल्ला कोरोनामुक्त भएको हो।
प्रदेशमा हालसम्म २ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ६ सय ५ जना निको भएर डिस्चार्ज भइसकेका छन्।
प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![शैक्षिक परामर्श व्यवसायी सडकमा [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_28221b7f-1784275465.jpg)
