Kathmandu Press

लामो दूरीका बस ६ महिनापछि सडकमा (तस्बिरहरु)

काेराेनाका लागि गरिएकाे लकडाउन र निषेधाज्ञाका कारण गत चैत ११ गतेदेखि थन्किएका लामाे दूरीका बस आजदेखि गुड्न थालेका छन्।
लामो दूरीका बस ६ महिनापछि सडकमा (तस्बिरहरु)
बालाजु बसपार्कमा सुदूरपश्चिम जाने बस स्यानिटाइज गरिँदै। तस्बिरहरु : रिवाज राई

काठमाडौं, असोज १ : कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन र निषेधाज्ञा लगाएपछि रोकिएका लामो दूरीका बस ६ महिनापछि गुड्न थालेका छन्। बिहीबार यातायात व्यवासयीहरुले विश्वकर्माको पूजा गर्दै सवारी साधन सञ्चालन गरेका छन्।

गत चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै लामो दूरीका सार्वजनिक यातायातका साधन बन्द भएका थिए। सरकारले सञ्चालन गर्न दिने निर्णय गरेसँगै आजदेखि गुड्न थालेका हुन्।

आज विश्वकर्मा पूजा पनि परेकाले यातायात व्यवसायीले सवारी साधन सरसफाइ तथा पूजाआजा गरेर सञ्चालनमा ल्याएका छन्।

बालाजुस्थित बसपार्कमा पनि टिकट काउन्टर खुलेको छ। यात्रुहरु बिहानैदेखि टिकट काट्न सुरु गरेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्