Kathmandu Press

कोरोनाबाट अस्पताल भर्ना भएको एक घन्टामै वृद्धको मृत्यु

विराटनगर, असोज १ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक जना बृद्धको मृत्यु भएको छ।विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका ६ का ६६...
कोरोनाबाट अस्पताल भर्ना भएको एक घन्टामै वृद्धको मृत्यु

विराटनगर, असोज १ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक जना बृद्धको मृत्यु भएको छ।

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका ६ का ६६ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो। उनी गएराति ११ बजे अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा राति १२ बजे मृत्यु भएको थियो।

उनको मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो। बिहीबार बिहान आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको अस्पतालका आइसोलेसन संयोजक डा.लक्ष्मीनारायण यादवले बताए।

उनी गम्भीर अवस्थामा अस्पताल भर्ना भएकाे डा. यादवले बताए। ढिला गरि अस्पताल पुगेकाले बचाउन नसकिएकाे उनकाे भनाइ छ।

उनलाई ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो। योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्