Kathmandu Press

सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

विराटनगर, असोज १ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना भाइरसको संक्रमणबाट निको भएका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको जनाएको छ। उनी १८ दिनपछि कोरोनाबाट मुक्त भएका हुन्।

यसअघि भदौ २६ गते गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको थियो। केही दिन उपचारपछि बिहीबार पुनः परीक्षण गरिएको हो।

मन्त्री घिमिरे भदौ १३ गते स्वाब परीक्षणका लागि दिएपछि होम आइसोलेसनमा बसेका थिए। उनलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

 

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्