Kathmandu Press

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन, असोज १ : पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने चार किलोमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो। चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालमा आएको छ। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

यो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ। पानी परिरहेकाले फेरि पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्