Kathmandu Press

कांग्रेस सभापति देउवा सेल्फ आइसोलेसनमा

काठमाडौं, असोज १ : कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन्। एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन्।सभापति देउवाका...
कांग्रेस सभापति देउवा सेल्फ आइसोलेसनमा

काठमाडौं, असोज १ : कांग्रेस सभापति शेरबहादुर देउवा सेल्फ आइसोलेसनमा बसेका छन्। एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका हुन्।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। त्यसैले सभापति देउवा घरमै सेल्फ आइसोलेसनमा बसेकाे उनले बताए।

एक जना कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका अन्य चार जनाको पनि कोरोना परीक्षण गरिएको थियो। उनीहरुको रिपोर्ट नेगेटिभ आएको देउवाको सचिवालयले जनाएको छ।

सभापति देउवाको पनि कोरोना परीक्षण गरिने भएको छ। भोलि स्वाब परीक्षण गर्न लागिएको सचिवालयले जनाएको छ।

देउवा सेल्फ आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफलमा पनि नजाने भएका छन्। कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठकमा सहभागी हुने जनाएकाे छ।

 

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्