Kathmandu Press

विश्वभर ३ करोड कोरोना संक्रमित 

विश्वभर ३ करोड कोरोना संक्रमित 

काठमाडौं, असोज १ : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै ३ लाख संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २५ हजार भन्दा बढी पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित थपिँदा अमेरिकामा ३७ हजार ८१५, ब्राजिलमा ३७ हजार ३८७, स्पेनमा ११ हजार १९३ तथा अर्जेन्टिनामा ११ हजार ६७४ जना संक्रमित थपिएका छन्।  

Hardik ivf

यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ सय ३९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार ७९, ब्राजिलमा ९६७, रसियामा १३२, कोलम्बियामा १९० तथा मेक्सिकोमा ६२९ जनाको मृत्यु भएको छ।

एकै दिन विश्वभर ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ लाख ४४ हजार ४९७ पुगेको छ। यस्तै विश्वभर कोरोना संक्रमित भएर निको हुनेको संख्या २ करोड १७ लाख पुगेको छ।

प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्