Kathmandu Press

नागार्जुन नगरपालिकाका मेयर बस्नेत कोरोनामुक्त

काठमाडौं, भदौ ३१ : काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन्।आइसोलेसनमा बसेका मेयर बस्नेत कोरोनामुक्त भएर बुधबार अस्पतालबाट घर फर्किएको उपप्रमुख...
नागार्जुन नगरपालिकाका मेयर बस्नेत कोरोनामुक्त
Hardik ivf

काठमाडौं, भदौ ३१ : काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन्।

आइसोलेसनमा बसेका मेयर बस्नेत कोरोनामुक्त भएर बुधबार अस्पतालबाट घर फर्किएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन्।

नगर प्रमुख बस्नेत कोभिड–१९ बाट संक्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए। आगामी असोज ४ गतेदेखि उनी कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्