Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडौंमा थप दुई महिलाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा थप दुई महिलाको मृत्यु

काठमाडौं, भदौ ३१ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप दुई महिलाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट काठमाडौंका ७१ र ७४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। योसँगै कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म मृत्यु हुनेको ३७९ पुगेको छ। 

यस्तै, बुधबार नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्