Kathmandu Press

कर्णाली प्रदेशमा बुधबार थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३१ : कर्णाली प्रदेशमा बुधबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी...
कर्णाली प्रदेशमा बुधबार थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३१ : कर्णाली प्रदेशमा बुधबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रदेश अस्पताल सुर्खेत–पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये सल्यानका ३३, सुर्खेतका १३ जना, दैलेखका दुई जना, जाजरकोट र उदयपुरका एक–एक जना रहेका छन्।
त्यस्तै, चौरजहारी पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या संख्या दुई हजार नौ सय १४ पुगेको छ। 

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्