कर नतिरेसम एनसेल प्रयोग नगर्न नागरिक अगुवाको आह्वान
काठमाडौं, वैशाख १० : कर नतिरेसम्म एनसेलको सिम र फोन प्रयोग नगर्न सरकोकार समूहले आह्वान गरेको छ।
डा.द्वारिकानाथ ढुंगेलसहित आठ जनाको समूहले सर....

काठमाडौं, वैशाख १० : कर नतिरेसम्म एनसेलको सिम र फोन प्रयोग नगर्न सरकोकार समूहले आह्वान गरेको छ।
डा.द्वारिकानाथ ढुंगेलसहित आठ जनाको समूहले सर्वोच्च अदालतको फैसलाविरुद्ध एनसेलले कर तिर्न आलटाल गरेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’समेत सुरु गरेका छन। उनीहरूले कर तिर्नुपर्ने भन्दै एनसेलविरुद्ध सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए ।
त्यस मुद्दामा एनसेलले पुँजीगत लाभकर तिर्नु भन्दै सर्वोच्चले आदेश दिएको थियो। सर्वोच्चले सरकारलाई कर उठाउन समेत परमादेश दिएको थियो। त्यसपछि ठूला करदाता कार्यालयले एक साताभित्र कर चुक्ता गर्न पत्राचार गरेको थियो।
ठूला करदाता कार्यालयको पत्राचारविरुद्ध एनसेल पनि सर्वोच्च अदालत पुगेपछि सरोकार समूहले सिम र फोन प्रयोग नगर्न आह्वान गरेको हो । एनसेलले ३९ अर्ब ६ करोड ६८ लाख चार हजार आठ सय १५ रुपैयाँ कर चुक्ता नगर्दासम्म प्रयोग नगर्न आग्रह गरिएको छ।
एनसेल सरोकार समूहका तर्फबाट डा. द्वारिकानाथ ढुंगेल, सुकदेव भट्टराई, डा. सुरेन्द्र भण्डारी, डा. जगदिश बराल, विदुर मैनाली, कृष्ण देवकोटा र महेश डंगोल रहेका छन्।
एनसेलले ठूला करदाता कार्यालयको पत्राचारविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उसले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६ सय रुपैयाँ मात्रै कर तिर्नुपर्ने दावी गरेको थियो।
त्यसमा आज प्रारम्भीक सुनुवाइ हुँदै छ।











