Kathmandu Press

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

काठमाडौं, भदौं ३१ : नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्षित गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ। चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मियसँग समय...
पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

काठमाडौं, भदौं ३१ : नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्षित गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ। चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि तथा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ। सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ। बोर्डको फोटो अभियानको साइट https://photonepal.travel/ मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ।

उत्कृष्ट पाँच सहभागीले जनही दश हजार रुपैयााँ नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए।

सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउन पर्नेछ। यसले नेपाली चाडपर्वको विराटतालाई अनुभूित गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई वृहत बनाउने अपेक्षा गरिएको छ।
       
पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो। बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ। यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो। हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्ग्रहित छन्।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्