विद्युत प्राविधिकको करेन्ट लागेर मृत्यु
गोरखा, बैशाख १० : गन्डकी गाउँपालिका–३ का भुवन अधिकारीको विजुली पोलमा करेन्ट लागेर मृत्यु भएको छ।
आज बिहान पोलमा विद्युत बनाउने क्रममा ....

गोरखा, बैशाख १० : गन्डकी गाउँपालिका–३ का भुवन अधिकारीको विजुली पोलमा करेन्ट लागेर मृत्यु भएको छ।
आज बिहान पोलमा विद्युत बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताए।
विद्युत प्राधिकरणका प्राविधिकको लापरवाहीले उनलाई करेन्ट लागेको स्थानीय बासिन्दाको आरोप छ। उनी स्थानीय विद्युत प्राविधिक हुन्।
प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, वैशाख १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार