Kathmandu Press

करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु

घोराही, भदौ ३१ : दाङमा करेन्ट लागेर तीन बालबालिकाको ज्यान गएको छ।दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अम्रईस्थित मनठोरीयामा पानीको कुलोमा करेन्ट लागेर बालबालिकाको मृत्यु...
करेन्ट लागेर दाङमा तीन बालबालिकाको मृत्यु

घोराही, भदौ ३१ : दाङमा करेन्ट लागेर तीन बालबालिकाको ज्यान गएको छ।

दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अम्रईस्थित मनठोरीयामा पानीको कुलोमा करेन्ट लागेर बालबालिकाको मृत्यु भएको हो।

मनठोरियाका राजु चौधरीकी छोरी चार वर्षीया रेनुका, भाजुराम चौधरीका छोरा आठ वर्षीय प्रशान्त र भुवन चौधरीका छोरा तीन वर्षीय अमृतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कुलोबाट घरमा पानी ल्याउन लगाएको मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका उनीहरुलाई अस्पताल लग्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्