सप्तरीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ५० जनामा कोरोना
सप्तरी, भदौ ३१ : निषेधाज्ञा हटाएपनि सप्तरीमा कोरोना संक्रमण कम भएको छैन। एकैदिन थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।जिल्ला स्वास्थ्य कार्यालयका...
सप्तरी, भदौ ३१ : निषेधाज्ञा हटाएपनि सप्तरीमा कोरोना संक्रमण कम भएको छैन। एकैदिन थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सरकारी कार्यालयका कर्मचारीसहित ५० जनामा कोरोना देखिएको हो। जिल्ला अदालतका स्रेस्तेदारसहित पाँच कर्मचारी, सिडिओ कार्यालय सप्तरीका दुई जना कार्यालय सहायक, एक जना प्रहरी र एक जना भान्सेमा कोरोना देखिएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी र प्रहरीलाई पनि कोरोना देखिएको छ। त्यस्तै, दुई जना स्वास्थ्यकर्मी, एक जना मिर्गौलापीडित र तीन जना अन्य बिरामीलाई पनि संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार थपिएका संक्रमितमा राजविराज नगरपालिका–१ का ३२ जना रहेका छन्। उनीहरु १४ देखि ७४ वर्षसम्मका छन्।
यसैगरि छिन्नमस्ता गाउँपालिकाका एक, हनुमाननगर कंकालिनी नगरपालिकाका सात, शम्भुनाथ नगरपालिकाका एक र महादेवा गाउँपालिकाका एक जना रहेका छन्।
योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या एक हजार ९० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरुमध्ये सात सय ३६ जना निको भउका छन्। अहिलेसम्म कोरोनाबाट नौ जनाको मृत्यु भएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

