Kathmandu Press

चार कम्पनीको स्यानिटाइजर हानिकारक र विषदीयुक्त

काठमाडौं, भदौ ३१ : नेपालमा प्रयागमा आइरहेको चार कम्पनीको स्यानिटाइजर मानव स्वास्थ्यको लागि हानिकारक भएको फेला परेको छ। चीन र भारतबाट आयात भएका दुई...
चार कम्पनीको स्यानिटाइजर हानिकारक र विषदीयुक्त

काठमाडौं, भदौ ३१ : नेपालमा प्रयाेगमा आइरहेको चार कम्पनीको स्यानिटाइजर मानव स्वास्थ्यको लागि हानिकारक भएको फेला परेको छ। 

चीन र भारतबाट आयात भएका दुई र ललितुर र काठमाडौंमा उत्पादन गर्दै आएक दुई कम्पनीको स्यानिटाइजर गुणस्तरहीन भएको औषधि व्यवस्था विभागले जनाएको छ। 

चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो।

त्यस्तै, काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर  ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ।

विभागले गुणस्तर हिन तथा विषाक्तयुक्त स्यानिटाइजरको बिक्री वितरण रोक्न र बजारमा बितरण भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान उत्पादकलाई आग्रह गरेको छ।

विभागले यसअघि पाँचवटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन फेला पारेको थियो।

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्