Kathmandu Press

पर्सामा पाँच जनालाई कोरोना भाइरसको संक्रमण

वीरगन्ज, भदौ ३१ : पर्सामा केही सातादेखि कोरोना नियन्त्रणमा आउन थालेको छ। सधै दोधोरो अंकमा संक्रमण देखिने पर्सामा आज भने पाँच जनालाई मात्रै...
पर्सामा पाँच जनालाई कोरोना भाइरसको संक्रमण

वीरगन्ज, भदौ ३१ : पर्सामा केही सातादेखि कोरोना नियन्त्रणमा आउन थालेको छ। सधै दोधोरो अंकमा संक्रमण देखिने पर्सामा आज भने पाँच जनालाई मात्रै संक्रमण देखिएको छ।

गएराति वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा एक सय ५२ नमुना परीक्षण गरिएको छ। जसमध्ये पाँच जनालाई मात्रै संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसीयाले बताए।

संक्रमण देखिएका पाँच जनामा वीरगन्ज महानरपालिका ४ की २६ वर्षीया महिला, बहुदरमाइ नगरपालिकाकी २१ वर्षीया महिला र ४७ वर्षीय पुरुष, पर्सागढी नगरपालिकाका ४१ वर्षीय पुरुष र नाारायणी अस्पतालमा उपचाररत ३० वर्षीय पुरुष रहेका छन्।

योसँगै पर्सामा संक्रमितको संख्या दुई हजार चार सय ५६ पुगेको छ। उनीहरुमध्ये एक हजार आठ सय ३७ जना निको भएका छन्। कोरोनाबाट पर्सामा ४३ जनाको ज्यान गएको छ।

 

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्