Kathmandu Press

कांंग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं, भदौ ३१ : कोरोना भाइरसको संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।डा.कोइरालालाई एक साताअघि कोरोना संक्रमण भएको थियो।...
कांंग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं, भदौ ३१ : कोरोना भाइरसको संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

डा.कोइरालालाई एक साताअघि कोरोना संक्रमण भएको थियो। उनी होम आइसोलेसनमा बस्दै आएका थिए।

तर, ज्वरो कम नभएपछि उनी सोमबार राति ८ बजे ओम अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भरत तिवारीले बताए। उनलाई सोमबार साँझदेखि १०३ डिग्री ज्वरो आएको छ।

आज ज्वरो घटेको अस्पतालले जनाएको छ। तर, उनलाई निमोनियाको संकेत देखिएको चिकित्सकको भनाइ उद्धृत गर्दै स्वकीय सचिव तिवारीले बताए।

उनको ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली उपचार गरिरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १०:३८ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्