Kathmandu Press

विप्वलका जिल्ला इञ्चार्जसहित दुई पक्राउ

झापा, वैशाख १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ परेका छन।

प्रहरीले विप्लवका....

विप्वलका जिल्ला इञ्चार्जसहित दुई पक्राउ
फाइल फोटो

झापा, वैशाख १० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ परेका छन।

प्रहरीले विप्लवका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार, अहिलेसम्म विप्लवका ६ जना नेता कार्यकर्ता पक्राउ गरेको छ।

यसअघि इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडालाई पक्राउ गरेको थियो। उनीहरू पनि विर्तामोडमै पक्राउ परेका थिए।

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, वैशाख १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्