Kathmandu Press

लेदो झरेर नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, भदौ ३१ : पहाडबाट लेदो झरेर नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ।निरन्तर वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो...
लेदो झरेर नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन, भदौ ३१ : पहाडबाट लेदो झरेर नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झरेको छ। लेदोले गर्दा नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ।

आज बिहान ६ बजेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले बताए। सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भएपनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ।

पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने उनले बताए। तर, पहाडबाट लेदो झर्ने क्रम रोकिएको छैन। उनले भने, खासै धेरै लेदो झरेको छैन, तर झर्ने क्रम रोकिएको पनि छैन। कम्तिमा दुई घन्टामा लेदो हटाएर सकिन्छ।

तर, बिहानदेखि लेदो निरन्तर झरिरहेको छ। यस अघि पनि मंगलबार यो सडकखण्ड अवरुद्ध भएको थियो। केही समययता पानी पर्दा सडक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति: ०९:४६ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्