Kathmandu Press

धरानको वीपी स्वास्थ्य प्रतिष्ठानमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु 

काठमाडौं, भदौं ३१ : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी र सप्तरीका दुई पुरुषको...
धरानको वीपी स्वास्थ्य प्रतिष्ठानमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु 

काठमाडौं, भदौं ३१ : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु भएको हो ।

खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुषको आज बिहान सबा ६ बजे मृत्यु भएको हो । गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका ती पुरुषलमा मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै  र उच्च रक्तचाप रहेको प्रतिष्ठानले जनाएको छ । 

त्यसैगरी, धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको ३० गते राति साढे २ बजे मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत संक्रमितमा २८ गते कोरोना पुष्टि भएको थियो । 

प्रकाशित मिति: ०८:५८ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्