गण्डकी प्रदेशमा थपिए ५० नयाँ संक्रमित
काठमाडौं, भदौं ३१ : बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९,...
काठमाडौं, भदौं ३१ : बुधबार बिहानै गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार कास्कीमा २९, गोरखामा १३, तनहुँमा ५ र बाग्लुङमा ३ गरी चार जिल्लामा ५० जना संक्रमित थपिएका हुन् ।
संक्रमितमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरी रहेका छन् । यस्तै वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् ।
यो सँगे गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

प्रकाशित मिति: ०६:५४ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

