Kathmandu Press

काठमाडौंका फुटपाथ पसल हटाउने अभियान सुरु

काठमाडौं, भदौ ३० : काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान सुरु गरिएको छ। वस्ती वरपरका स्थानमा...
काठमाडौंका फुटपाथ पसल हटाउने अभियान सुरु

काठमाडौं, भदौ ३० : काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान सुरु गरिएको छ। वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो।

सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका संक्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान सुरु गरिएको बताइएको छ। स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ। 

काठमाडौँ महानगरपालिका­ २५ का सदस्य विनोद तुलाधरले भित्री वस्ती क्षेत्रमा पसल खोलिएका कारण विगतमा धेरै पैदलयात्रु दुर्घटना भई घाइते तथा केहीको मृत्यु समेत भएको अवस्थामा सुरु गरिएको अभियानको प्रशंसा गरे। अभियानका सल्लाहकार समेत रहेका तुलाधरले यस प्रकारका पसललाई कुनै पनि हालतमा बैधता दिन नहुने बताए।

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्