Kathmandu Press

कर्णाली प्रदेशमा २८ संक्रमित थपिए

कर्णाली प्रदेशमा २८ संक्रमित थपिए

कर्णाली, भदौ ३० : कर्णाली प्रदेशमा पुनः आज २८ संक्रमित थपिएका छन्। त्योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कर्णालीमा दुई हजार ८६३ पुगेको छ।

कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी तथा रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २२, वीरेन्द्रनगर नगरपालिका तथा दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका एक÷एक जना कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए।

त्यस्तै, चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिकाका एक व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख शाहीले बताए। ‘संक्रमित हुने र निको हुनेको संख्यामा त्यति अन्तर छैन,’ उनले भने।

त्यसैगरी कर्णालीमा आजै कोरोना जितेर घर फर्कनेको संख्या ३९ रहेको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५७० पुगेको छ। हाल २८७ सक्रिय बिरामी रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, भदौ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्